ग्लोबल आइएमई लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2020-12-23
ग्लोबल आइएमई लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको आठौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले लमजुङ जिल्ला बेसिशहर ९ स्थित गेट वे हिमालय रिसोर्टमा बिहान ९ बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ।

सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको २७.४७ प्रतिशत बोनस सेयर र १.४५ प्रतिशतले हुन आउने नगद लाभांस गरी कुल २८.९२ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ताबाट चल अचल सम्पत्ति तथा दायित्वको मूल्यांकन गरि प्राप्त प्रतिवेदनको आधारमा र दुवै संस्थाको सञ्चालक समितिको आपसी समझदारीको आधारमा संयुक्त प्राप्ति समितिबाट संस्थाको एक कित्ता सेयर बराबर स्पर्श लघुवित्तको ०.९० कित्ता सेयर कायम हुने गरि स्वाप अनुपातलाई आगामी साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 
सभामा कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने र सञ्चालकको भत्ता तथा सुविधा वृद्धि गर्ने प्रस्ताप पारित गरिनेछ।

यसैगरी आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनामाथि छलफल गरि पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ को असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्वीटीमा भएको परिवर्तन स नगद प्रवाह विवरणमाथि छलफल गरि पारित गरिनेछ।   


   


Share this with your friends: