ग्लोबल आइएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

2022-02-15
ग्लोबल आइएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं। ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहने गरी यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

बैंकको ५०औँ एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका छन्।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २८ लाख भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। 


Share this with your friends: