ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

2021-03-29
ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत चैत १ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको रु १ हजार अंकित दरका ३० लाख कित्ता भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ नामक ऋणपत्र निष्कासन गरेको थियो।

कुल निष्कासनमध्ये १८ लाख कित्ता ऋणपूँजीले हुन आउने कुल १ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब २० करोड ऋणपूँजी रकम सर्वसाधारणका लागि निष्कासन गरिएको छ। 

लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा स्वीकृति प्राप्त गरेका सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयरुबाट दरखास्त आवेदन दिन सक्नेछन्।  

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। 

लगानीकर्ताले आज (चैत १६ गते) बैंकिङ समयसम्म आवेदन दिनुपर्नेछ । 

 


Share this with your friends: