घट्दो बजारमा पनि लगानीकर्ताको ध्यान पुनर्बीमा कम्पनीमै

2020-09-30
घट्दो बजारमा पनि लगानीकर्ताको ध्यान पुनर्बीमा कम्पनीमै

काठमाण्डौ। बीमा समूहको परिसूचकको गिरावटले आज पनि निरन्तरता पायो। बीमा समूहको परिसूचकमा उछाल आउने विश्वास लिएका लगानीकर्ता आज पनि निराश बने। आज जीवन बीमा समूहको परिसूचक ३५.७ अंकले घट्दै ९४८१.८० को बिन्दुमा झर्यो। अघिल्लो दिन या समूह ४२.९६ अंकले घटेको थियो। 

त्यस्तै आज निर्जीवन बीमा समूहको परिसूचक पनि सर्वाधिक ५१.५५ अंकले घट्यो। यो गिरावटसँगै यो समूह ७७११.६३ को बिन्दुमा सिमित बन्यो। अघिल्लो दिन पनि निर्जीवन बीमा समूह ४४.९९ अंकले ओरालो लागेको थियो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीहरुले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि कुनै बीमा कम्पनीहरु परेनन्। 

बजारमा अरु के–के भयो ? 
अघिल्लो दिन जस्तै आज पनि नेप्से परिसूचकमा गिरावट आयो। आज नेप्से परिसूचक ३.१९ अंकले घट्दै १५५०.४३ को बिन्दुमा झर्यो। यो दिन बजारमा १९० कम्पनीका ८० लाख १९ हजार ६६१ कित्ता सेयर १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९४ रुपैयाँमा किनबेच भयो। 

आज विकास बैंक समूहमा सबैभन्दा धेरै वृद्धि देखियो। विकास बैंक समूह ३४.५४ अंकले उकालो लागेको यो दिन हाइड्रोपावर, वित्त र म्युचुअल फन्ड पनि क्रमश ८.७, ३.०१ र ०.१३ अंकको वृद्धि आयो। 

यस्तै आज बैंकिङ समूह ४.१७, व्यापार ११.०९, होटल्स् १५, उत्पादन तथा प्रशोधन ७.२२, अन्य २.७६ र लघुवित्त ६.८७ अंकले घटे। 

आज बजारमा ६१ वटा कम्पनीको सेयरमूल्यमा वृद्धि भयो भने ८९ वटाको सेयरमूल्यमा गिरावट आयो।

आज पाँचवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कामना सेवा विकास बैंक र जोशी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो र युनियन हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजेटिभ सर्किट लाग्यो।

यो दिन पञ्चकन्या माई हाइड्रो, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आयो। 

आज नेपाल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आयो। 
 
आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ८० लाख १९ हजार ६६१ कित्ता सेयर १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९४ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भयो। 

आज अरुण काबेलीको ९ करोड ७८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ९ करोड २१ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ८ करोड २९ लाख रुपैयाँ, अपी पावरको ७ करोड ४८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ६२ लाख रुपैयाँ, नेपाल बैंकको ५ करोड २० लाख रुपैयाँ, कमना सेवा विकास बैंकको ४ करोड ८९ लाख रुपैयाँ, एनएमबी बैंकको ४ करोड ८१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भयो। 


Share this with your friends: