घरेलु लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् अजेन्डा

2020-12-08
घरेलु लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको हो। उक्त बैठकको निर्णय अनुसार संस्थाको साधारण सभा पुस १४ गते मंगलबार काभ्रेपलान्चोकमा अवस्थीत पञ्चकन्या बैन्क्वेटमा आयोजना हुनेछ। 

सभामा घरेलु लघुवित्त र समता लघुवित्त एक आपसमा गाभ्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। मर्जरका लागि चल अचल सम्पत्ति र दायित्वको मुल्यांकन समेतको आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान दर पारित गरी मर्जरलाई स्वीकृती प्रदान गरिनेछ। 

यसका साथै मर्जरका लागि आवश्यक अन्य सबै प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। सभामा मर्जरपश्चात बन्ने संस्थाको नाम समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गरी केन्द्रिय कार्यालय काभे्रपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ८ मा रहने प्रस्ताव पारित गरिनेछ। 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, र नगद प्रवाह विवरणहरु पारित गरिनेछ। 

 


Share this with your friends: