चिलिमे जलविद्युत कम्पनीद्वारा लाभांस प्रस्ताव, बोनस र नगद बराबर

2021-12-12
चिलिमे जलविद्युत कम्पनीद्वारा लाभांस प्रस्ताव, बोनस र नगद बराबर

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको गत मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापूँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ६ अर्ब २८ करोड ७ लाख ३९ हजार २३२.७७ रुपैयाँको ७.५ प्रतिशतले हुन आउने ४७ करोड १० लाख ५५ हजार ४४२.४६ रुपैयाँबराबरको बोनस सेयर र ७.५ प्रतिशतले हुन आउने ४७ करोड १० लाख ५५ हजार ४४२.४६ रुपैयाँबराबरको नगद लाभांस(कर समेत) रहेका छन् । 

प्रस्तावित लाभांस कम्पनीको आगामी पुस २३ गते आयोजना हुने कम्पनीको २५ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 

कम्पनीले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि आगामी पुस १५ गतेदेखि २३ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभा.स प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुने योग्य हुनेछन् । 


Share this with your friends: