जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

2021-07-05
जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(असार २१ गते)सम्पन्न भएको छ । कम्पनीको स्थगित वार्षिक साधारण सभा काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना भएको हो । कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको थियो । तर कोरोना महामारीका कारण पूर्व निर्धारित सभा स्थगित भएको थियो । 

सभामा कम्पनीले कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ । यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आ।व २०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। 

सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६÷७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धी अनुसूचीमाथि छलफल गरी पारित गरिनुका साथै सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिएको छ ।    


Share this with your friends: