जर्मन पुनर्बीमा कम्पनी म्युनिख रि द्वारा रुससँगको व्यवसाय बन्द

2022-03-17
जर्मन पुनर्बीमा कम्पनी म्युनिख रि द्वारा रुससँगको व्यवसाय बन्द

काठमाण्डौ । रुससँगको बीमा व्यवसाय ठप्प पार्ने अन्तराष्ट्रिय बीमा कम्पनीहरुको सूचीमा म्युनिख रि पनि जोडिएको छ । 

रुसले युक्रेनमा गरेको आक्रमणको भत्र्सना गर्दै र अन्तराष्ट्रिय जगतले रुसविरुद्ध लगाएका प्रतिबन्धहरुको समर्थन गर्दै जर्मन पुनर्बीमा कम्पनी म्युनिख रि ले रुस र बेलारुससँगको सम्झौताहरु नविकरण नगर्ने तथा नयाँ व्यवसाय रद्द गर्ने जनाएको छ । यस्तै म्यनिख रिले रुससँगको लगानीलाई पनि ठप्प पार्ने जनाएको छ । 

‘बितेका दिनका केहि घटनाहरुले हामीलाई नराम्ररी हल्लाईदिएको छ । विशेषगरी अहिलेको यो घडीमा एकता र समर्थन देखाउनु सबै शान्तीप्रेमीहरुको काम हो ।’म्युनिख रिका सीईओ जोआचिम बेनिङले भने । 

बेनिङ भन्छन्,‘युद्धबाट प्रभावित युक्रेन तथा प्रभावित परिवारप्रति हाम्रो पूर्ण सहानभूति तथा ऐक्यबद्धता छ । म्युनिख रि शान्तीपूर्ण तथा प्रजातान्त्रिक विश्वका पक्षमा उभिन्छ र रुसको आक्रमण अन्तराष्ट्रिय कानुन विपरित छ ।’

म्युनिख रि अघि स्विस रि, एलियान्ज र मार्स एओन एण्ड विल्स टावर्स वाट्सन जस्ता कम्पनीहरुले रुससँगको व्यवसाय बन्द गरिसकेका छन् । 
म्युनिख रिले युद्धका कारण शरणार्थीहरु बनेकाहरुको कठिनाई कम गर्नका लागि योगदान पुर्याईरहेको छ । यसका लागि म्युनिख रिले सेभ द चिल्ड्रेन,रेडक्रस,एसओएस जस्ता अन्तराष्ट्रिय सहयोगी संस्थाहरुलाई सहयोग गरिरहेको छ । 

अहिले मानिसहरु पोल्याण्डको सिमा हुँदै युद्धग्रस्त क्षेत्र छोडिरहेका कारण म्युनिख रिले यस क्षेत्रमा आफ्नो सहायता केन्द्रित गरिरहेको छ । 

 


Share this with your friends: