जीवन बीमा कम्पनीहरुद्वारा ७०.९१ अर्ब कुल बीमाशुल्क आर्जन, कसको कति ?

2022-02-15
जीवन बीमा कम्पनीहरुद्वारा ७०.९१ अर्ब कुल बीमाशुल्क आर्जन, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ७० अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले पुस महिनाको अन्त्यसम्ममा ७० अर्ब ९१ करोड ३९ लाख ६२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको यो अवधिसम्ममा १८ अर्ब ३९ करोड ८ लाख ५१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ । एलआईसी नेपालले ८ अर्ब ३९ करोड २१ लाख ६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफले ६ अर्ब ८० करोड २७ लाख ७६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ६ अर्ब ९ करोड ८७ लाख ८५ हजार रुपैयाँसहित राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा रहेको छ । सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेको सूचीमा युनियन लाइफ पाचौँ स्थानमा रहेको छ । कम्पनीले पुस महिनाको अन्त्यसम्ममा ४ अर्ब १२ करोड ४८ लाख ७८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै एशियन लाइफले ३ अर्ब ४६ करोड ४५ लाख १३ हजार , मेट लाइफ २ अर्ब ६६ करोड ८२ लाख १२ हजार, सिटिजन लाइफ २ अर्ब ५९ करोड ७२ लाख ११ हजार,सूर्या लाइफ २ अर्ब ४७ करोड ५२ लाख ९७ हजार, प्राइम लाइफ २ अर्ब ४७ करोड ६२ लाख ३५ हजार, सन नेपाल २ अर्ब ५ करोड ३६ हजार ९ हजार, ज्योति लाइफ १ अर्ब ७० करोड २९ लाख, गुराँस लाइफ १ अर्ब ६४ करोड ४२ लाख ८३ हजार, रिलायबल नेपाल १ अर्ब २९ करोड, आइएमई लाइफ १ अर्ब २४ करोड, रिलायन्स लाइफ २ अर्ब ५ करोड ३० हजार २५ हजार , सानिमा लाइफ १ अर्ब १७ करोड ८५ लाख ५५ हजार, प्रभु लाइफ १ अर्ब ४ करोड ५८ लाख ८१ हजार ,महालक्ष्मी लाइफले ६९ करोड ५३ लाख ३० हजार र मेट लाइफ ८ अर्ब ३९ करोड २१ लाख ६ हजार बढीको बीमाशुल्क आर्जन गरेका छन् । 


Share this with your friends: