जीवन बीमा कम्पनीहरुद्वारा २०.६० अर्ब प्रथम बीमाशुल्क आर्जन,नेपाल लाइफ अग्रस्थानमा

2022-02-16
जीवन बीमा कम्पनीहरुद्वारा २०.६० अर्ब प्रथम बीमाशुल्क आर्जन,नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८÷७९को पुस मसान्तसम्ममा २० अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले पुस महिनाको अन्त्यसम्ममा २० अर्ब ६० करोड ९६ लाख ८८ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् । 

यो अवधिसम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यो अवधिसम्ममा ३ अर्ब ४१ करोड २५ लाख ६१ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । दोस्रो स्थानमा नेशनल लाइफ रहेको छ । नेशनल लाइफले २ अर्ब २१ करोड ४४ लाख ५३ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको सिटिजन लाइफले १ अर्ब ४४ करोड ६२ लाख ९६ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । १ अर्ब ३७ करोड ७३ लाख २१ हजार रुपैयाँसहित रिलायबल चौथो स्थानमा रहेको छ । सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्नेको सूचीमा युनियन लाइफ पाचौँ स्थानमा रहेको छ । कम्पनीले पुस महिनाको अन्त्यसम्ममा १ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै सन नेपाल लाइफले १ अर्ब २८ करोड ९६ लाख ४८ हजार , एलआईसी १ अर्ब २७ करोड ८० लाख २७ हजार, एशियन लाइफ १ अर्ब ६ करोड २४ लाख ६२ हजार,सूर्या लाइफ ९३ करोड ९१ लाख १ हजार, ज्योति लाइफ ८२ करोड ५३ लाख ८२ हजार,मेट लाइफ ७७ करोड २२ लाख ४२ हजार, आइएमई लाइफ ७४ करोड ७९ लाख ७६ हजार,प्राइम लाइफ ६९ करोड ४९ लाख ७७ हजार ,राष्ट्रिय बीमा संस्थान ६२ करोड ५८ लाख ३७ हजार,रिलायन्स लाइफ ६१ करोड ८६ लाख ५१ हजार, सानिमा लाइफ ६० करोड ५३ लाख ८६ हजार र महालक्ष्मी लाइफले ३८ करोड ९८ लाख ११ हजार रुपैयाँ प्रथम बीमाुशुल्क आर्जन गरेका छ । 


Share this with your friends: