जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेखको संख्या १.१० करोड,कसको कति ?

2022-02-18
जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेखको संख्या १.१० करोड,कसको कति ?

काठमाण्डौ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको कुल सक्रिय बीमालेखको संख्या १ करोड बढी रहेको छ। यो अवधिसम्ममा १९ जीवन बीमा कम्पनीहरुको सक्रिय रहेको कुल बीमालेखको संख्या १ करोड १० लाख ४१ हजार ०८८ रहेको छ। 

समिक्षा अवधिसम्ममा सबैधन्दा धेरै सक्रिया बीमालेख रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको सक्रिय बीमालेखको संख्या ३३ लाख १४ हजार ३१४ रहेको छ। दोस्रोमा मेट लाइफ रहेको छ। समिक्षा अवधिसम्ममा मेट लाइफको सक्रिय बीमालेखको संख्या १६ लाख ३१ हजार ७९६ रहेको छ। तेस्रो स्थानमा रहेको नेशनल लाइफको १० लाख ४४ हजार ४८४ सक्रिय बीमालेख रहेको छ। 

यस्तै राष्ट्रिय बीको संस्थानको ६ लाख ३८ हजार ७९३,नेपाल लाइफ ८ लाख ४९ हजार ४५१,एलआईसी नेपाल ६ लाख ९५ हजार ७५०,एशियन लाइफ ३ लाख ८८ हजार ११७,गुराँस ९९ हजार ७८२,सूर्या लाइफ ४ लाख ७३ हजार ०३५,प्राइम लाइफ १ लाख ६९ हजार ३८१,आइएमई ७८ हजार ५७८,युनियन १ लाख १ हजार ६७४,ज्याति लाइफ १ लाख ४१ हजार ८५५,सन नेपाल ४ लाख ५ हजार ०६४,रिलायन्स लाइफ ४३ हजार ७३४,सिटिजन लाइफ ७ लाख ६६ हजार २९४,सानिमा लाइफ ३८ हजार ८११,प्रभु लाइफ १ लाख ३० हजार २२५,महालक्ष्मी लाइफको कुल सक्रिय बीमालेखको संख्या २९ हजार रहेको छ। 

पुस महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १० लाख ६८ हजार ९३२ बीमालेख जारी गरेका छन्। पुस महिनामा सबैभन्दा धेरै बीमालेख जारी गर्नेमा मेट लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले पुस महिनामा मात्रै ६ लाख २५ हजार १७० बीमालेख जारी गरेको छ। 

 


Share this with your friends: