जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ५०.३० अर्ब,पुस महिनामा मात्रै आर्जन गरे ८ अर्ब बढी

2022-02-21
जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ५०.३० अर्ब,पुस महिनामा मात्रै आर्जन गरे ८ अर्ब बढी

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिनासम्ममा ५० अर्ब बढी नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले समिक्षा अवधिसम्ममा ५० अर्ब ३० करोड ४२ लाख ७४ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका हुन् । 

यो सविधसम्ममा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफले पुस महिनाको अन्त्यसम्ममा १४ अर्ब ९७ करोड ८२ लाख ९० हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । यस्तै एलआर्इीसी नेपाल दोस्रो स्थानमा रहेको छ । कम्पनीले पुस महिनासम्ममा ७ अर्ब ११ करोड ४० लाख ७९ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । 

राष्ट्रिय बीमा संस्थान तेस्रो स्थानमा रहेको छ । कम्पनीले समिक्षा अवधिसम्ममा ५ अर्ब ४७ करोड २९ लाख ४८ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । 

यसैगरी नेशनल लाइफले ४ अर्ब ५८ करोड ८३ लाख २३ हजार,मेट लाइफ १ अर्ब ८९ करोड ५९ लाख ७१ हजार,एशियन लाइफ २ अर्ब ४० करोड २० लाख ५९ हजार,गुराँस लाइफ १ अर्ब २४ करोड ९८ लाख ८१ हजार,सूर्या लाइफ १ अर्ब ५३ करोड ६१ लाख ९६ हजार,प्राइम लाइफ १ अर्ब ७८ करोड १२ लाख ५८ हजार,आइएमई लाइफ ८९ करोड २५ लाख ६६ हजार,युनियन लाइफ २ अर्ब ७१ करोड १४ लाख ६७ हजार,ज्याति लाइफ ८७ करोड ७५ लाख २१ हजार,सन नेपाल लाइफ ७३ करोड ३९ लाख ६१ हजार,रिलायन्स लाइफ ८१ करोड ४३ लाख ६० हजार,रिलायबल नेपाल लाइफ ६५ करोड ५७ लाख ४ हजार,सिटिजन लाइफ १ अर्ब १५ करोड ९ लाख १५ हजार,सानिमा लाइफ ५७ करोड ३१ लाख ६९ हजार,प्रभु लाइफ ४५ करोड ७ लाख ८९ हजार र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३० करोड ५५ लाख १९ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । 

पुस महिनामा मात्रै भने जीवन बीमा कम्पनीहरुले ८ अर्ब ५५ करोड ७३ लाख ७९ हजार रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । पुस महिनामा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ शीर्ष स्थानमा रहेको छ । कम्पनीले पुस महिनामात्रै २ अर्ब ५१ करोड ६० लाख ९३ हजार रुपैयाँ निवकरण बीमाशुल्क आर्जन गरेको छ ।    


Share this with your friends: