जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ३.६४ खर्ब, कुनको कति ?

2021-05-23
जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ३.६४ खर्ब, कुनको कति ?

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्म आईपुुग्दा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार ३ खर्ब रुपैयाँ बढी पुुगेको छ। यो अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार ३ खर्ब ६४ अर्ब २१ करोड रुपैयाँ पुुगेको छ। 

समीक्षा अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोषको आकार सबैभन्दा धेरै रहेको छ। कम्पनीको जीवन बीमा कोषको आकार १ खर्ब ७ अर्ब ६१ करोड रुपैयाँ थियो। 

यस्तै बीमा कोषको आकारा धेरै हुनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन दोस्रो स्थानमा रहेको छ। कम्पनीको जीवन बीमा कोषको आकार ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्ममा नेशनल लाइफको जीवन बीमा कोषको आकार ४० अर्ब २१ करोड, राष्ट्रिय बीमा संस्थान ३२ अर्ब ४२ करोड, एशियन लाइफ २५ अर्ब ४२ करोड, मेट लाइफ १९ अर्ब १६ करोड, प्राइम लाइफ १४ अर्ब, गुराँस लाइफ १० अर्ब ११ करोड, सूूर्या लाइफ १० अर्ब, युनियन लाइफ ६अर्ब ९० करोड, ज्योपि लाइफ ३ अर्ब ४९ करोड, सिटिजन लाइफ ३ अर्ब, आइएमई लाइफ २ अर्ब ४९ करोड, रिलायबल नेपाल लाइफ २ अर्ब ३७ करोड, रिलायन्स लाइफ २ अर्ब २६ करोड, सन नेपाल लाइफ २ अर्ब १८ करोड, सापनमा लाइफ १ अर्ब ९२ करोड, प्रभु लाइफ १ अर्ब ७६ करोड र महालक्ष्मी लाइफको १ अर्ब ३३ करोड रुपैयाँ पुुगेको छ। 

 


Share this with your friends: