ज्योति लाइफको आईपीओमा आवेदनको ओइरो

2021-03-08
ज्योति लाइफको आईपीओमा आवेदनको ओइरो

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदनको ओइरो परेको छ। 

सिडिएस एण्ड क्लियरीङका अनुसार आज(सोमबार) साझ ५ बजेसम्म १३ लाख ७६ हजार ७६१ आवेदकले २ करोड ९८ लाख ७७ हजार ५४० कित्ता माग गरेका छन्। 

ज्योति लाइफले गत फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ। बाँकी रहेको ९० प्रतिशत अर्थात ५९ लाख ४० हजार कित्ता सेयर भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ। 

 

 


Share this with your friends: