ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2021-03-10
ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

कम्पनीले गत फागुन २१ गतेदेखि सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ। बाँकी रहेको ९० प्रतिशत अर्थात ५९ लाख ४० हजार कित्ता सेयर भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो। 

कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोनले) फागुन ७ गते रु. ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति प्रदान गरेको थियो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल रहेको छ। 

कम्पनीको यसअघि कात्तिक २६ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने मुख्य अजेन्डा पारित गरेको थियो। 

कम्पनीलाई गत असार २५ गते रेटिङ संस्था केयर नेपालले ‘केयर एनपी बीबीबी९आईएस०’ प्रदान गरेको छ। ‘केयर एनपी बीबीबी(आईएस)’ रेटिङले समयमानै  वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यस्तरको सुरक्षित कम्पनी भन्ने जनाउँदछ। 

 


Share this with your friends: