ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने

2020-11-03
ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने भएको छ। 

बैंकले हाल कायम संस्थापक सेयर स्वामित्वमध्ये ३।३५ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अगाडि बढाएको हो। 

बैंकको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले संस्थापक स्वामित्वको सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने निर्णय गरेको हो। उक्त बैठकले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७७ मा भएको व्यवस्थाबमोजिम हाल कायम रहेको संस्थापक सेयर समूहको ५४।३५ प्रतिशत सेयरमध्ये ३।३५ प्रतिशत सेयरलाई सर्वंसाधारण सेयरमा परिणत गर्ने निर्णय गरेको छ।

यो प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकको स्वीकृतिलगायत सम्बन्धमा गर्नुपर्ने अन्य आवश्यक प्रक्रिया अगाडि बढाउन प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ। 

 


Share this with your friends: