ज्योति विकास बैंकद्वारा लाभांस प्रस्ताव

2021-11-25
ज्योति विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर ९ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य खुद नाफा तथा वितरणयोग्य अन्य कोषहरुबाट बैंकका सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांस गरी कुल १५.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा प्रस्तावित कुल १५.५ प्रतिशत लाभांसमा हाल कायम चुक्तापूँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँको ११ प्रतिशतले हुन आउने ४२ करोड २९ लाख ३० हजार ५०६ रुपैयाँ बराबरको बोनस सेयर र ४.५ प्रतिशतले हुन आउने १७ करोड ३० लाख १७ हजार ०२५ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।    


Share this with your friends: