ज्योति विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक कलोज कहिले ?

2021-01-04
ज्योति विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक कलोज कहिले ?

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १३ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो माघ १४ गते बुधबारका दिन काठमाण्डै भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे भर्चुअल माध्यम सहभागी हुन सक्ने गरी सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिनुका साथै सोहि हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव स्वीकृत गरिनेछ। यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा बैंकको हाल संस्थापक समूहको सेयर स्वामित्व ५४.३५ प्रतिशत रहेकोमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत कायम रहने गरी बाँकि संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिवर्तन गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

सभामा संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकका लागि निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आउँदो पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: