तीनवटा लघुवितका संस्थापक सेयर लिलामीमा

2021-06-20
तीनवटा लघुवितका संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीनवटा लघुवित्तको संस्थापक सेयर लिलामीमा राखेको छ । 

बैंकले आफ्नो स्वामित्वमा महुली लघुवित्त, आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तका संस्थापक सेयरहरु लिलामीमा राखेको हो । बैंकले आरएमडीसी लघुवित्तको ३ लाख ८६ हजार १९५ कित्ता, महुली लघुवित्तको ५५ हजार ५७० कित्ता र मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता संस्थापक लिलामीमा राखेको हो । 
आरएमडीसी लघुवित्तको सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४७७ रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पुर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

महुली लघुवित्तको सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.७६८ रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ५०० कित्ता र अधिकतममा सम्पुर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

यस्तै मेरो माइक्रमेफाइनान्सको सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.५७५ रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पुर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

यी तीनवटै संस्थाको सेयर खरिदका लागि लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहलमा आगामी असार ११ गते बैंकिङ समयसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: