काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुईवटा बीमा कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएका छन् । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट माघ ६गते हकप्रद निष्कासनको अनुमति पाएका हुन् ।
सेबोनले आइएमई जनरल इन्स्योरेन्सलाई १०ः४ अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो ।
त्यस्तै शिखर इन्स्योरेन्सलाई १०ः३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो ।
आइएमई जनरलको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल र शिखर इन्स्योरेन्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।