नारायणी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारण सभा, हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव

2020-09-11
नारायणी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारण सभा, हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको सञ्चालक समितिको यहि भदौ २५ गते बसेको बैठकले १८ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको थियो। 

उक्त निर्णय अनुसार बैंकको १८ औँ वार्षिक साधारण सभा अगामी आश्विन १६ गते शुक्रबार, स्टार व्याङ्क्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजेबाट सुरू हुने जनाइएको छ। 

सभामा विशेष प्रस्ताव अन्र्तगत बैंकले १६ औं र १७ वार्षिक साधारण सभाबाट पारित तत्काल कायम चुक्ता पुँजि ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँको १ः१ एक बराबर एक हकप्रद सेयर जारी गरेर चुक्ता पुँजि १३ करोड १२  लाख ३३ हजार ८ सय पुर्याउने जनाएको छ। 

यसका साथै राष्ट्र बैंकको ख वर्गका जिल्ला स्तरीय विकास बैंकले न्युनतम चुक्ता पुँजि ५० करोड पुर्याउनु पर्ने  निर्देशिका बमोजिम कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजि वृद्धि गरिने भएको छ। 

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। यसैगरी बैंकको लेखापरीक्षण प्रतिवेदन,  वित्तिय विवरण, नाफा नोक्सान हिसाब विवरण, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तनको विवरण र सो संग सम्बन्धित अनूसुचिहरु सहितको वित्तिय विवरणहरु पारित गरिनेछ। 

बैंकले साधारण सभाका लागि आश्विन ८ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएकाले आश्विन ७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका सेयरधनीहरुले मात्रै उक्त सभामा भाग दिन पाउनेछन्। 

 


Share this with your friends: