निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९.९०%ले वृद्धि, शिखर इन्स्योरेन्स अग्र स्थानमा

2021-01-26
निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९.९०%ले वृद्धि, शिखर इन्स्योरेन्स अग्र स्थानमा

काठमाण्डौ ।चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९.९० प्रतिशतले धेरै हो।

बीमा समितिले उपलब्ध गराएको १९ वटा निर्जीवन बीमा कम्पनीहरुको तथ्यांकमा यस्तो देखिएको हो।नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा भएतापनि राष्ट्रिय बीमा कम्पनीले समिक्षा अवधिको वित्तीय विवरण उपलब्ध नगराएको समितिले जनाएको छ। 

समिक्षा अवधिमा शिखर इन्स्योरेन्स सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ।यो अवधिमा कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।दोस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले १ अर्ब ३५ करोड रुपैयाँ र तेस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

यसैगरी सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब २१ करोड, एनएलजी इन्स्योरेन्स १ अर्ब ११ करोड, प्रिमियम इन्स्योरेन्स ९० करोड, प्रभु इन्स्योरेन्स ८६ करोड, आइएमई जनरल ७१ करोड, लुम्बिनी जनरल ६८ करोड, नेपाल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स समान ६३ करोड, युनाइटेड इन्स्योरेन्स ५६ करोड, प्रुडेन्सियल इन्स्योरेन्स ५३ करोड, एभरेष्ट इन्स्योरेन्स ५० करोड, हिमालयन जनरल ४९ करोड, जनरल इन्स्योरेन्स ३५ करोड र सानिमा जनरलले २८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।   

 


Share this with your friends: