निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार १३.९१ अर्ब, राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा धेरै

2021-05-25
निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार १३.९१ अर्ब, राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा धेरै

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार १३ अर्ब रुपैयाँ बढी पुुगेको छ। यो अवधिमा १९ वटा निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषेका आकार १३ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ पुुगेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २५.१७ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको त्रैस्रो त्रैमासको अन्त्यसम्ममा निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ११ अर्ब ११ करोड ८४ लाख रुपैयाँमा सीमित थियो।  

समीक्षा अवधिसम्ममा राष्ट्रिय बीमा कम्पनीको बीमा कोषको आकार सबैभन्दा ठूलो रहेको छ। कम्पनीको बीमा कोषको आकार २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ रहेको छ। यो कोषको आकार गत वर्षको तुलनामा ८.५१ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको त्रेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमा कोषको आकार २ अर्ब १९ करोड ७९ लाख रुपैयाँमा सीमित थियो। 

बीमा कोषको आकार ठूलो हुनेको दोस्रो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। यो अवधिसम्ममा कम्पनीको बीमा कोषको आकार १ अर्ब २३ करोड ८९ लाख रुपैयाँ रहेको छ। जुन रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १७.१८ प्रतिशतले बढी हो। सूचीको तेस्रो स्थानमा नेको इन्स्योरेन्स रहेको छ। नेको इन्स्योरेन्सले आफ्नो बीमा कोषको आकार १ अर्ब ७१ लाख रुपैयाँ पुर्याएको छ। 

यस्तै एनएलजी इन्स्योरेन्सको बीमा कोषको आकार १ अर्ब २७ लाख, सगरमाथा इन्स्योरेनसको ९५ करोड ६३ लाख, सिद्धार्थ इन्स्योरेन्स ९२ करोड २९ लाख, ओरियन्टल इन्स्योरेन्स ९१ करोड ७६ लाख, प्रिमियर इन्स्योरेन्स ८१ करोड ५ लाख, प्रभु इन्स्योरेन्स ७८ करोड ८९ लाख, लुम्बिनी जनरल इन्स्योरेन्स ७१ करोड ६५ लाख, हिमायन जनरल ६० करोड ७४ लाख, प्रडेन्सियल इन्स्योरेन्स ६० करोड ५ लाख, नेपाल इन्स्योरेन्स ५० करोड ७१ लाख, आइएमई जनरल ४५ करोड ३२ लाख, एभरेष्ट इन्स्योरेन्स ४० करोड ८ लाख र युनाइटेड इन्स्योरेन्सको ३३ करोड ३७ लाख रुपैयाँ रहेको छ। 
समीक्षा अवधिसम्ममा अजोड इन्स्योरेन्सको बीमा कोषको आकार ९ करोड २९ लाख, जनरल इन्स्योरेन्स ८ करोड ८४ लाख र सानिमा जनरलको ८ करोड ५७ लाख रुपैयाँ रहेको छ। 

प्रतिशत आधारमा आइएमई जनरलको बीमा कोषको आकार सबैभन्दा धेरै वृद्धि भएको छ। समीक्षा अवधिसम्ममा कम्पनीको बीमा कोषको आकार १२१.३९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २० करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीको बीमा कोषको आकार यो वर्षको तेस्रो त्रैमाससम्ममा ४५ करोड ३२ लाख रुपैयाँको उचाईमा पुुगेको छ।     

 


Share this with your friends: