नेको इन्स्योरेन्समा चार सञ्चालक निर्वाचित, लाभांश पनि पारित

2020-08-09
नेको इन्स्योरेन्समा चार सञ्चालक निर्वाचित, लाभांश पनि पारित

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडमा चार सञ्चालक निर्वाचित भएका छन्।

कम्पनीको गत जेठ २३ गते सम्पन्न २४ औँ वार्षिक साधारणसभाले संस्थापकतर्फ तीनजना र सर्वसाधारणतर्फ एकजना सञ्चालक निर्वाचित गरेको हो। 

संस्थापकतर्फ निर्वाचित हुने सञ्चालकहरुमा एसभीआर पब्लिक प्रालिका तर्फबाट रमेशकुमार निरौला, कृषि विकास बैंक लिमिटेडका तर्फबाट ध्रुवचन्द्र गौतम र एसएस विनायक प्रालिका तर्फबाट भरतकुमार अधिकारी छन्। 

त्यस्तै सर्वसाधारणतर्फ पद्मोदय प्रालिका तर्फबाट रोहितकुमार भट्टराई निर्वाचित भएका छन्। 

साधारणसभाले गत आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तावित ८.१६ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ। 


Share this with your friends: