नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन

2022-01-07
नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको सीईओको छाता संगठन नेपाल बीमक संघको अध्यक्ष पदमा सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री चयन भएका छन् । नेपाल बीमक संघको दुई आर्थिक वर्षको वार्षिक साधारण सभाबाट चंकी क्षेत्री निर्विरोध निर्वाचित चयन भएका हुन् । 

यसैगरी सभाबाट उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ विरेन्द्र बैदवार क्षेत्री, महासचिवमा नेको इन्स्योरेन्सका सीईओ अशोक कुमार खड्का, कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्सका सीईओ युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका छन् । 

त्यस्तै सदस्यमा प्रभु इन्स्योरेन्सका संचित ब्रजाचार्य, राष्ट्रिय बीमा कम्पनीका कामु सिईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका सिईओ कुमार खत्री, ओरियन्टल इन्स्योरेन्सका बिनोद घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।


Share this with your friends: