नेपाल लाइफको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

2022-04-04
नेपाल लाइफको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

वीरगन्जमा सम्पन्न सभाले सभाले सेयरधनीहरुलाई चुक्तापुँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर रु।०.७३६८ ९कर प्रयोजनका लागि० नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु। ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५४४ रुपैयाँ हुनेछ। 

सभामा कम्पनीका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष संघईले समीक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाइ एवं शुभकामना व्यक्त गरे। अध्यक्ष संघईले २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरुबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दिनहरुमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। 

सभामा कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए। त्यसैगरी सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पुँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यकासाथ कम्पनी अगाडि बढेको जानकारी गराए। 

सभाबाट आव २०७६र७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय–व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ। सभामा संस्थापक सेयरधनीका तर्फबाट निर्विरोध निर्वाचित भएका ४ जना सञ्चालकको नाम घोषणा गरिएको थियो। निर्विरोध निर्वाचित हुने संस्थापक सञ्चालकहरुमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान रहेका छन्। 

साधारणसभापश्चात् बसेको सञ्चालक समितिको बैठकले नवनिर्वाचित सञ्चालक गोविन्द लाल संघईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। 

हाल यस कम्पनीको लगानी रु। १३३।८६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १२४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ। कम्पनीमा २ लाखभन्दा बढी प्रशिक्षित अभिकर्ता छन्। हाल कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर २०२ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। 

यस कम्पनीमा हालसम्म वैदेशिक रोजगारसमेत गरी ३० लाखभन्दा बढी बीमित छन्। ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।


Share this with your friends: