नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

2021-10-04
नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत बोनस सेयर गरी कुल १६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । बैंकद्वारा प्रस्तावित लाभांसमा २०७८ असार मसान्तसम्म कायम चुक्ता सेयर पूँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५ सय रुपैयाँको ११.२४ प्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँबराबरको बोनस सेयर र ४.७६ प्रतिशतले हुन आउने ७७ करोड ३८ लाख  ४८ हजार ८८४ रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि)रहेका छन् । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  


Share this with your friends: