नेपाल बंगलादेश बैंकमा अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने

2021-12-20
नेपाल बंगलादेश बैंकमा अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने

काठमाण्डौ। नेपाल बंगलादेश बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने सुविधा ल्याएको छ। 

यसअन्तर्गत ग्राहकले बैंकको वेबसाइट www.nbbl.com.np  मा अनलाइन  Fixed Deposit मा क्लिक गरेर आफूले चाहेको रकम तथा समयअनुसार मुद्दति खाता खोल्न सक्नेछन्। बैंकले यो योजना विशेषगरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरुका लागि ल्याएको जनाएको छ। 

यस योजनाअन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दति खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ। 


Share this with your friends: