नेपाल इन्स्योरेन्सको सञ्चालक समितिका सदस्य श्रेष्ठद्वारा राजिनामा

2020-11-09
नेपाल इन्स्योरेन्सको सञ्चालक समितिका सदस्य श्रेष्ठद्वारा राजिनामा

काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिका सदस्य रोमल कृष्ण श्रेष्ठले राजिनामा दिएका छन्। 

कम्पनीले एक सूचना जारी गर्दै श्रेष्ठले दिएको राजिनामालाई यहि कात्तिक २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको जनाएको छ।  

 


Share this with your friends: