नेपाल बैंकद्वारा लाभांस प्रस्ताव

2020-12-17
नेपाल बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको हिजो पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ को वित्तीय विवरण अनुसारको सेयर प्रिमियमबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांस गरी कुल १६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: