नेपाल बैंकको सञ्चालकबाट ज्ञवाली बिदा

2020-12-21
नेपाल बैंकको सञ्चालकबाट ज्ञवाली बिदा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सञ्चालक गंगा प्रसाद ज्ञवाली सञ्चालकबाट बिदा भएका छन् । 

ज्ञवाली नेपाल सरकारको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका थिए ।  

बैंकको नियमावली सम्बन्धी साविकको व्यवस्थामा विशेष साधारण सभाबाट संसोधन भई नेपाल सरकारको तर्फबाट ३ जना, सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना र स्वतन्त्र सञ्चालक १ जना समेत गरि ७ जनाको सञ्चालक समिति रहेने व्यवस्था गरिएकाले उक्त व्यवस्था कार्यान्वयन गर्ने क्रममा नेपाल सरकार अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वयन महाशाखाको  गत पुस ३ गतेको पत्र मार्फत गंगा प्रसाद ज्ञवाली सञ्चालक नरहेको जानकारी बमोजिम ज्ञवाली बैंकको सञ्चालकबाट बिदा भएको बैंकले उल्लेख गरेको छ ।        

 


Share this with your friends: