काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाण्डौ कमलादीमा रहेको बैंकको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। सभा बिहान ११.३० बजेदेखि फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ। गत मंसिर १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो।
यसका साथै सभामा आ.व २०७६/७७ का लागि सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सना हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै अन्य विशेष तथा सामान्य प्रस्तावहरु समेत पारित गरिएको छ।