नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

2021-02-14
नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ १६ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरिएको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४” नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । 

बैंकले ८ अर्ब रुपैयाँ बराबरको १ हजार अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो। बैंकले रु.२४० करोड ऋणपूँजी बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट र रु.१६० करोड ऋणपूँजी बराबरको १६ लाख कित्ता ऋणपत्रले सार्वजनिक निष्कासन मार्फत बिक्री गर्न लागेको हो। योमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याईएकोमा १० हजार कित्ता बाँडफाँड गरिएको छ। बाँकि रहेको १५९ करोड ऋणपूँजी रकम आजदेखि सर्वसाधारणका लागि निष्कासन गरिएको छ। 

यो ऋणपत्रमा इच्छुक लगानीकर्ताले न्युनतम २५ कित्ताका लागि र अधिकतामा २ लाख २० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा तिनका तोकिएका शाखाहरुबाट ऋणपत्रमा आवेदन दिन सक्नेछन्। 

 यो ऋणपत्र वि.स २०८४ सालमा परिपक्व हुनेछ र लगानीकर्ताले वार्षिक ८.५ प्रतिशतका दरले ब्याज पाउनेछन्। यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा गरिनेछ। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।  

 


Share this with your friends: