नेपाल इन्स्योरेन्सद्वारा सेयरधनीहरुको खातामा नगद लाभांस जम्मा

2021-04-20
नेपाल इन्स्योरेन्सद्वारा सेयरधनीहरुको खातामा नगद लाभांस जम्मा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७२ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। कम्पनीले गत चैत १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा नगद लाभांस जम्मा गरिदिएको हो। चैत १६ गते पश्चात बैंक खाता अद्यावधि गरेका सेयरधनीहरुको हकमा समेत नगद लाभांस बैंक खातामा नै जम्मा गरिने कम्पनीले जनाएको छ। 

कम्पनीको गत चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाले २ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरेको थियो। कम्पनीले नगद लाभांस प्राप्त नगरेका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न तथा बैंक खाता सहितको विवरण अद्यावधिक गर्न समेत अनुरोध गरेको छ। 

 


Share this with your friends: