नेरुडे लघुवित्तको वार्षिक साधारण सभा फागुनमा, बुक क्लोज कहिले ?

2021-02-04
नेरुडे लघुवित्तको वार्षिक साधारण सभा फागुनमा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन २२ गते विराटजगरस्थित उद्योग संगठनक मोरङको सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको हो। 

उक्त सभामा संस्थाद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आ.व २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन तथा सोहि अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण एवम २०७७ असारमसान्तसम्मको वासलात स्वीकृत गर्ने तथा आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि संस्थाले आउँदो फागुन ०७ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: