नेशनल लाइफ इन्स्योरेन्स ३५ औँ वर्षमा प्रवेश

2022-02-22
नेशनल लाइफ इन्स्योरेन्स ३५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३५ औँ वर्षमा प्रवेश गरेको छ । वि.स २०४४ साल फागुन १० गते नेपाली बीमा बजारमा प्रवेश गरेको कम्पनीले आफ्नो ३४ वर्ष सफलतापूर्वक पार गर्दै ३५ औँ वर्षमा प्रवेश गरेको हो । 

देशको बीमा सम्बन्धी आवश्यकता पुरा गर्न आजभन्दा साढे तीन अघि स्थापना भएको कम्पनी पहिले नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीका रुपमा परिचित थियो । 

आफ्नो स्थापनाको तीन दशकभन्दा लामो अवधिमा कम्पनीले ग्राहकहरुको उच्चतम सेवामा विश्वास गर्ने कम्पनीका रुपमा ख्याती कमाएको छ । यस्तै ग्राहकहरुलाई गुणस्तरिय तथा छिटो छरितो सेवा प्रवाह गर्ने प्रतिवद्धताले कम्पनीको ख्याती र उचाइलाई पुष्टि गरेको छ । 

कम्पनीमा नेपाली संस्थापहरुको ५२.८५ प्रतिशत,विदेशी साझेदारको २.१५ प्रतिशत,वित्तीय संस्था(राष्ट्रिय वाणिज्य बैंक)को १० प्रतिशत र आम सर्वसाधारणको ३५ प्रतिशत स्वामित्व रहेको छ । 

कम्पनीको ३५ औँ वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुरेश प्रसाद खत्रीले कम्पनीप्रति विश्वासका साथ सहकार्य गर्ने सम्पुर्ण ग्राहक,कर्मचारी,अभिकर्ता तथा शुभेच्छुकहरुलाई हार्दिक आभार प्रकट गर्नुका साथै नियामक निकाय लगायत अन्य सम्बन्धीत संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन् । 


Share this with your friends: