नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, अबको कारोबार मूल्य कति ?

2021-01-15
नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, अबको कारोबार मूल्य कति ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आ.व २०७५/७६ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १०६४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ११७० रुपैयाँ कायम थियो।

कम्पनीको गत पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले आ.व २०७५÷७६ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८२ लाख ६२ हजार ६५५ रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी माघ १५ गते आयोजना हुने ३२ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: