नेशनल लाइफ इन्स्योरेन्सद्वारा १.१७ करोड मृत्यु दाबी भुक्तानी

2021-07-27
नेशनल लाइफ इन्स्योरेन्सद्वारा १.१७ करोड मृत्यु दाबी भुक्तानी

काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड १७ लाख ७५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले मृतक बीमित पूज्यस्वरी कार्की किष्टको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कार्कीले सन् २०१८ जुलाइमा १० वर्षे अमृत वर्षा बीमा योजना खरिद गरेकि थिइन् । कार्कीको गत जेठ ५ गते कोरोनाका कारण मृत्यु भएको थियो ।

कम्पनीले उनका छोरा प्रारब्ध कार्कीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीले जावलाखेल शाखा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ब्रान्च म्यानेजर घनश्याम रिमालमार्फत उक्त चेक हस्तान्तरण गरेको हो ।


Share this with your friends: