नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

2021-08-03
नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तानीबापत ११ लाख २८ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमित खेम बहादुर लामाका परिवारलाई मृत्यु बीमा दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको हो । 

कम्पनीले एक कार्यक्रम आयोजना गरी लामाकी श्रीमती सीता रानालाई ११ लाख २८ हजार रकम भुक्तानी गरेको हो । 

१० लाखको बीमा गरेका लामाको गत बैशाखमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कम्पनीको महेन्द्रनगर शाखाका शाखा प्रमुख नबिन किशोर भट्टले मृत्यु दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

चेक हस्तान्तरण कार्यक्रममा कम्पनी एजेन्सी कार्यालय मझगाउँका सिनियर बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द, बीमा अभिकर्ता भक्त बहादुर बुढा लगायतको सहभागीता रहेको थियो ।  


Share this with your friends: