नेशनल लाइफको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

2021-01-28
नेशनल लाइफको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औँ वार्षिक साधारण सभा आज(माघ १५ गते) आयोजना हुन गईरहेको छ । यो सभा लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हुन गईरहेको हो ।  

 सभामा आ।व २०७५/७६ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर बापतको कर प्रयोजनका लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८२ लाख ६२ हजार ६५५ रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आ.व २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै आ.व २०७५/७६ को वासलात, आय व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। 

यस्तै सभामा आ.व २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि कम्पनीले गत माघ २ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: