नेशनल माइक्रोफाइनान्स लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-02-17
नेशनल माइक्रोफाइनान्स लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको गत फागुन ०३ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको सातौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो चैत ०५ गते धादिङमा रहेको क्रिक रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा आ.व २०७६/७७ को मुनाफाबाट १०ः२.१(अर्थात प्रत्यके १० कित्ता सेयर बराबर २.१ कित्ता वा प्रत्येक सेयरको २१ प्रतिशत) अनुपातमा बोनस सेयर र ६ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै घ वर्गका अन्य लघुवित्तलाई प्राप्ति गर्ने वा एक आपसमा गाभिने प्रयोजका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

लाभांस वितरण र साधारण सभा प्रयोजनार्थ संस्थाले फागुन १४ गतेदेखि चैत ०५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: