नेशनल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-07-05
नेशनल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाले बाल बीमा अन्तर्गत कोहलपुर बाँके १ का मृतक दुर्गा तिवारीको परिवारलाई उक्त बीमा दाबी भुक्तानी वापतको रकम हस्तनान्तरण गरेको हो । 

मृतक दुर्गा तिवारीले आफ्नी छोरीको बाल अमृत बीमा वापत १५ लाख ५० हजार रुपैयाँको बीमा गराएकि थिईन् । उनले उक्त बीमा वापत एक किस्ता मात्र बुझाएकि थिइन् । 

उक्त बीमा योजनाले बालकको आमाबुबाको समेत रक्षावरण गर्ने भएको कारण कम्पनीले मृतक तिवारीको परिवारलाई १० लाख रुपैयाँ भुक्तानी गरेको हो ।यस बीमा अन्तर्गत अब उक्त परिवारले बीमा वापतको दाबी भुक्तानी रकम तिनुनपर्ने र उक्त बीमा म्याचुरीटि हुनुपूर्व समेत दाबी उपल्बध गराईने नेपालगंज शाखाका शाखा प्रमुख दिपनारायण खनालले बताए ।


Share this with your friends: