नेशनल हाइड्रोपावरद्वारा लाभांस प्रस्ताव, हकप्रद समेत जारी गरिने

2022-02-14
नेशनल हाइड्रोपावरद्वारा लाभांस प्रस्ताव, हकप्रद समेत जारी गरिने

काठमाण्डौ । काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको छ । 
कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको हो। 

बैठकले कम्पनीको चुक्तापुँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको कुल १९.५ प्रतिशतले हुन आउने २७ करोड १ लाख ११ हजार ३०९ रुपैयाँबराबरको लाभांश घोषणा गरेको छ। कुल लाभांसमध्ये १८.५२५ प्रतिशतले हुन आउने २५ करोड ६६ लाख ५ हजार ७४३।५५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशतले हुन आउने १ करोड ३५ लाख ५ हजार ५६५.४५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

लाभांस वितरणको प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी फागुन ३० गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै  सुनकोशी हाइड्रोपावर कम्पनीलाई प्राप्ति गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ । 

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी फागुन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: