नेसनल लाइफद्वारा मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी

2021-12-23
नेसनल लाइफद्वारा मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दिक्तेल शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ।

कम्पनीले बिहीबार केपिलासगढी गाउँपालिका वडा नं। ३ बाँसपानीका स्व। प्रविन गुरुङको परिवारलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको हो। गुरुङले ३ वर्षपहिले ५ लाख रुपैयाँको बीमा गरेका थिए। उनको गत असार ५ गते बिरामीका कारण घरमै मृत्यु भएको थियो। 

दिक्तेल शाखाका प्रमुख नवीन श्रेष्ठले आज गुरुङको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको ५ लाख ८३ हजार ९५८ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। 


Share this with your friends: