प्रभु बैंकले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकद्वारा स्वीकृत

2020-12-16
प्रभु बैंकले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकद्वारा स्वीकृत

काठमाण्डौ । प्रभु बैंकद्वारा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको लाभांस वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकद्वारा प्रस्तावित लाभांस हिजो(मंसिर ३० गते) स्वीकृत गरेको हो । 

प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो । 


राष्ट्र बैंकबाट स्वीकृत भएको कुल १०.५२६३ प्रतिशत लाभांसमा चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.५२६३ प्रतिशतले हुन आउने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैंया बराबर नगद लाभांश रहेका छन् । 

यो लाभांस अब बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।  

 


Share this with your friends: