प्रभु बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2020-12-25
प्रभु बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३४१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३७५ रुपैयाँ थियो।

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। बैंकद्वारा प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस रहेका छन्।   

 


Share this with your friends: