प्रभु बैंकको वार्षिक साधारण सभा आज, लाभांस वितरणको प्रस्ताव पारित गरिने

2021-01-10
प्रभु बैंकको वार्षिक साधारण सभा आज, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको वार्षिक साधारण सभा आज हुन गइरहेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा आह्वान गरे अनुरुप सभा आज आयोजना गईरहेको हो । बैंकको १९ औँ वार्षिक साधारण सभा काठमाण्डौमा अवस्थीत बैंकको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुन गईरहेको छ। 

उक्त सभामा आ.व २०७५/७६ मा कायम चुक्तापूँजी रु.१० अर्ब ३१ करोड ५५ लाख ६ हजार ६३५ को १० प्रतिशतले हुन आउने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६४ रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैयाँ बराबरको नगद लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। 

यसका साथै अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने,प्राप्ति तथा खरिद सम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ। यो प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा आ।व २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आ।व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। यस्तै आ.व २०७७/७८ का लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ। 

बैंकले वार्षिक साधारण सभा प्रयोजनार्थ पुस १० गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गरिसकेको छ ।

 


Share this with your friends: