प्रभु लाइफले डाक्यो साधारण सभा, यि हुन् मुख्य अजेन्डा

2020-09-21
प्रभु लाइफले डाक्यो साधारण सभा, यि हुन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले आगामी असोज २९ गते वार्षिक साधारण सभा गर्ने भएको हो। कम्पनीको असोज ४ गते बसेको सन्चालक समितिको ७२ औँ बैठकको निर्णय बमोजिम साधारण सभाको मिति निर्धारण गरिएको हो।

सन्चालक समितिको निर्णय अनुसार उक्त सभा काठमाण्डौको नक्सालमा अवस्थित म्यारियट होटलमा बिहानको ११ बजे आयोजना हुनेछ। 

कम्पनीले उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने तथा उक्त संसोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा अन्य नियमनकारी निकायले फेरबलद गरेमा आवश्यक संसोधन तथा परिमार्जन गर्न सन्चालक समितिलाई अख्तियारी दिन स्विकृती प्रदान गर्ने जनाएको छ। 

यसका साथै सभामा कम्पनीको सन्चालक समितिको तर्फबाट अध्यक्षबाट आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ। 
त्यस्तै आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षणको प्रतिवेदन सहतिको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु पारित गरिनेछ। 

यसैगरी उक्त सभामा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरिनुका साथै निजको पारिश्रमिक निर्धारण गरिनेछ। 

 


Share this with your friends: