प्रभु लाइफको बीमाशुल्क आर्जन ६४.६४%ले वृद्धि,मुनाफामा भने गिरावट

2022-02-11
प्रभु लाइफको बीमाशुल्क आर्जन ६४.६४%ले वृद्धि,मुनाफामा भने गिरावट

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु  आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४१ लाख ७६ हजार ६५५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६४.६४ प्रतिशतले बढी हो। गत वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ६० करोड ९९ लाख २९ हजार ४८२ रुपैयाँमा सीमित थियो। 

यस्तै कम्पनीले समिक्षा अवधिसम्ममा लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ८ करोड ४३ लाख ६४ हजार २४० रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा यो रकम ७ करोड ५० लाख ८८ हजार ५१२ रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीले ९ करोड ५५ लाख ९४ हजार ४३० रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीले १ करोड १३ लाख ३ हजार ८९५ रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद मुनाफामा गिरावट आएको छ । कम्पनीको खुद मुनाफा २३.४२ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ८ लाख ४७ हजार ०९६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड १९ लाख १० हजार ७८३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च १५.४६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको व्यवस्थापन खर्च १६ करोड ४१ लाख ८१ हजार २९२ रुपैयाँ रहेको छ। 

यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार बढेर २ अर्ब ६० करोड ९ लाख ७७ हजार ४३२ रुपैयाँ पुुगेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १ अर्ब ४३ करोड ९० लाख ८१ हजार ३०५ रुपैयाँमा सीमित थियो। अघिल्लो आर्थिक वर्षको दोस्रोे त्रैमाससम्ममा २८ करोड ४१ लाख ९ हजार ८२१ रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ४१ करोड ९९ लाख ५९ हजार ०३४ रुपैयाँको उचाईमा पुुगेको छ। 

दोस्रोे त्रैमाससम्ममा कम्पनीले २ लाख ९९ हजार ४२१ बीमालेख जारी गरेको छ । यो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ६.१९ रुपैयाँ, पीई अनुपात १०१.७५ र प्रति सेयर कुल सम्पत्तिको मूल्य २५२.६३ रुपैयाँ रहेको छ । 


Share this with your friends: