प्राइम कमर्सियल बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2020-12-24
प्राइम कमर्सियल बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो पुस २९ गते काठमाण्डौ कमलपोखरी स्थित बैंकको केन्द्रिय कार्यालयमा बिहान १० बजेदेखि अनलाइन(भर्चुअल) प्रविधि मार्फत सहभागी हुनसक्ने गरी सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस सेयर वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। बैंकद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने २ अर्ब ९ करोड ७७ लाख ८९ हजार ४२५ रुपैयाँ बराबरको बोनस सेयर रहेको छ। 

यस्तै सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्बन गरी यस प्रक्रियाका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। सभामा बैंकको कामको सिलसिलामा सञ्चालकलाई प्रदान गरिने दैनिक तथा भ्रमण भत्तामा संसोधन गर्ने र सोहि बमोजिम बैंकको नियमावली संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी आ.व २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ। 

बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आउँदो पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस १९ गतेसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य ठहरिनेछन्। 

 


Share this with your friends: